PRABHU BANK

सहुलियत ब्याज वापतको बैंकहरुको १२ अर्व रुपैयाँ योगदान, तर, सरकारले दिएन भुक्तानी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विभिन्न बैंकहरुले सरकारबाट पाउनुपर्ने सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको रकम नपाएको भन्दै गुनासो पोखेका छन् । आफुहरुले ऋणीहरुलाई सो रकम दिईसकेको भए पनि सरकारले बैंकहरुलाई गर्नुपर्ने भुक्तानी नगरेको भन्दै अध्यक्ष केसीले असन्तुष्टी जनाएका हुन् ।
संघका अध्यक्ष केसीका अनुसार बैंकहरुले यस्तो रकम १२ अर्ब भन्दा बढी पाउन बाँकी छ । अध्यक्ष केसीले तत्काल यस्तो रकम भुक्तानी गरिदिन सरकारसँग आग्रह गरेका छन् । सरकारले ल्याएको सहुलियत ब्याजको ऋण योजना अनुसार बैंकहरुले ऋणीहरुलाई सहुलियतमा ऋण दिएका थिए ।
तर, सरकारले सहुलियतका रुपमा बैंकहरुलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान नगरेपछि बैंकहरुलाई मर्का परेको बैंकरहरुको गुनासो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै