PRABHU BANK

राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली २०७४ संशोधन, के के भयो परिवर्तन ?

काठमाडौँ । ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४’को दोस्रो संशोधन भएको छ । वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था सहित ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४’को दोस्रो संशोधन भएको हो ।

उक्त संशोधित विनियमावली चैत ६ गतेबाट लागू भएको हो । राष्ट्र बैंकले दोस्रो संशोधनमार्फत विनियमावलीमा विभिन्न व्यवस्था थप गरेको छ । दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले ‘महाशाखा’ भन्नाले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालाई जनाउनेछ । वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्थाअन्तर्गत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधीनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने व्यवस्था थप गरिएको छ ।

त्यस्तै, महाशाखाले सो कार्यका लागि  छुट्टै कार्यविधि, टुलकिट बनाई लागू गर्न सक्नेछ । महाशाखाले प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्ने व्यवस्था थप गरेको छ । त्यसैगरी नीति निर्देशन कार्यान्वयन समितिमा सम्बन्धित सुपरिवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम डेपुटी गभर्नरले समितिको अध्यक्षता गर्ने व्यवस्था पनि विनियमावलीमा दोस्रो संशोधनमार्फत थप गरिएको हो ।

अनुगमन निरीक्षण प्रतिवेदन सम्बन्धित महाशाखा हेर्न कार्यकारी निर्देशक र प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन तथा प्रतिवेदनको कैफियत कार्यान्वयन सम्बन्धमा थप निर्देशन महाशाखा प्रमुखले स्वीकृत गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै