PRABHU BANK

राष्ट्र बैंकको परिक्षामै ‘अप्रिल फुल’ !

काठमाडौँ । लोकसेवा आयोगको सूचना, त्यसमा पनि राष्ट्र बैंकको परिक्षाबारे । अनि त्यो पनि गलत । हो, यस्तै हदैसम्मको लापरवाही लोकसेवा आयोगले गरेको छ ।  आयोगले २०८० बैसाख ५ गते परिक्षा मिति तोकेर २०८० चैत्र १९ गते सूचना निकालेको छ । २०८१ हुनुपर्नेमा २०८० बैसाखमा परिक्षा तोकिएपछि विद्यार्थीहरु झुक्किएका त छन् नै, आयोगको लापरवाहीले आक्रोशितसमेत भएका छन् ।
रमाइलो कुराचाहिं के हो भने, सो सूचना अप्रिल फुलकै दिन प्रकाशन भएको छ । तर सो सूचना अप्रिल फुल नभई साँचो सूचना थियो, तर लापरवाहीपूर्ण । सो परिक्षाका लागि आयोगले ११ वटा परिक्षा केन्द्रहरु तोकेको छ । आयोगले निकालेको सूचनामा परिक्षा मिति  २०८० साल बैसाख ५ गते भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै