PRABHU BANK

गरिमा विकास बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि विक २०२४, युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्य

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्य रुपमा ग्लोबल मनि विक मनाएको छ । बैंकले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनि विकको १२औं शृङ्खला ग्लोबल मनि विक २०२४ भव्य रुपमा मनाएको हो ।

‘Protect Your Money, Secure our Future’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाईएको यस कार्यक्रममा बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ-संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले काठमाडौंको हात्तीगौंडा, नयाँ बानेश्वरसंगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन गराउनूका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।

उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको छ ।

काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै