PRABHU BANK

सनराइज बैंकको खुद नाफा ७४ करोड ५५ लाख ४४ हजार सीमित, प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा

sunrise-bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.४७% ले घटेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २१.४७% ले घटेर ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको जनाएको हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको पुस मसान्तसम्म वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ छ । बैंकको सञ्चालन नाफा २१.५९% ले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै