PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडको २६ हजार ३५२ कित्ता संस्थापक सेयर बिक्रीमा

bank of kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २६ हजार ३५२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । 
बैंकले संस्थापक सेयरधनी मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको मुल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ ।
सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै