PRABHU BANK

जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

jalpa laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ ।
यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै