PRABHU BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, १.४६ प्रतिशतले बढ्यो खुद नाफा

Reliable Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यस त्रैमासमा १.४६ प्रतिशतले खुद नाफा बढेर १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब ३१ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । यसअवधिमा कम्पनीले जीवन बिमा कोषको आकार पनि ८९.२८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीले ५८ अर्ब ४८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । 
भुक्तानी हुन बाँकी रकम नरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । जगेडा कोषमा भने अर्ब ६० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै