PRABHU BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार हुने, आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डा

MAHALAXMI LIFE INSURANCE
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौंथो वार्षिक साधारणसभा बिहिबार माघ २७ गते हुने भएको हो । कम्पनीको सभा प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने भएको छ । यसैगरी लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । सभामा आइपीओ निष्कासन गर्ने विषय पारित गर्ने मुख्य एजेण्डा पनि रहेको छ ।
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै