PRABHU BANK

एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सम्झौता, ग्राहकहरुले रिसोर्टको सेवामा आर्कषक छुट पाउने

  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच छुट दिने सम्बन्धि सोमबार सम्झौता भएको हो । बैंकका कार्डबाहक ग्राहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने भएको छ ।
एभरेष्ट बैंकका तर्फबाट सीईओ सुदेश खालिङ र रिसोर्टका तर्फबाट बोर्ड को–अर्डिनेटर कृष्णा प्रसाद ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले हाल आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै