DISH HOME

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेको जिल्ला प्रशासन कार्यालयमा

Rastriya Banijya bank
  • बैंकिङ संसार
काठमाडौँ । बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहकाबीच शुभारम्भ गरिएको थियो । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी थिइन्।
शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गरेका थिए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै