PRABHU BANK

सनराइज बैंकले भित्र्यायो वैदेशिक ऋण, आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृती संगै Symbiotics, SA, Geneva Switzerland बाट ३ वर्षको लागि अक्षेरुपी रु. २ अर्ब ३७ करोड (अमेरिकी डलर रु. १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्राउदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।
भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ । Symbiotics SA ले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै