PRABHU BANK

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक !

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ । 
बैंकले ल्याएको यस मुद्दती निक्षेप योजना अन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।
यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता संचालनका लागि न्यूनतम मौज्दात रु. १०,००० रहेको छ । यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकको विश्वास रहेको छ । 
ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरु सार्वजनिक गर्दै ग्राहकहरुलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै