DISH HOME

राष्ट्रिय वाणिज्य बैंक थप सुदृढ र सफल बनाइने, निक्षेप १ खर्ब ३४ अर्ब पुग्यो

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार नेपाल सरकारका संचार तथा सूचना प्रविधि सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न बैंकको साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले बैंकको प्रतिवेदन प्रस्तुत गर्दैै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय बैंक भएको बताउँदै तथा आगामी दिनमा यसलाई थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।
बैंकका अध्यक्ष गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदनमा शेयरधनिहरु दामोदर प्रसाद रेग्मी, निरज्नकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्दैै बैंक सुधारको लागि विभिन्न सुझाब सहितको धारण राखेका थिए । शेयरधनिको टिप्पणी एवं जीज्ञासामा महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए ।
बैंकको साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा। माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरणमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।
बैंकले हाल ७७ जिल्लामा रहेका २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । चालु आ.व.को दोश्रो त्रैमाससम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन गरि १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैंकले उक्त अवधिमा २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै