एक्सेल डेभलपमेन्ट बैंकको २ नयाँ शाखा सञ्चालनमा, छिटै ५ नयाँ शाखा थपिँदै

काठमाडौं – झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले सोमबार झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा दुई ओटा शाखा संचालनमा ल्याएको छ । 
बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् भने सोमवारे शाखाको उद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गरेका छन् ।

उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, ब्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थीती रहेको सो कार्यक्रमको संञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका  थिए ।

यस्तै बैकले निकट भविष्यमै पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि आफ्नो नयाँ शाखा संचालनमा ल्याउने तयारि गरिरहेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै