DISH HOME

मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार, १ सय १४ स्थानमा शाखा सञ्जाल

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले दाङ जिल्लाको घोराही र बर्दिया जिल्लाको गुलरीयामा दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ । घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । कार्यक्रममा बोल्द, चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु(याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
त्यस्तै, गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । कार्यक्रममा बोल्दै, यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै