PRABHU BANK

कामना सेवा विकास बैंकले खोल्यो बाराको निजगढ शाखा, प्रदेश दुईमा शाखा संख्या ८ पुग्यो

 निजगढ

काठमाडौं – कामना सेवा विकास बैंकले बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा आफ्नो ७४औं शाखा कार्यालय स्थापना गरि कारोबार संचालन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रदेश नं २ मा ८ वटा शाखा पुगेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा ल्याउने बताए । साथै, व्यापार विस्तारलाई तिव्रता दिने उद्देश्य सहित बैंकले यसै साता ४ वटा थप नयाँ शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि अन्य शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको समेत जानकारी गराए ।
हालसम्म बैंकले ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष अन्य आधुनिक बैंकिङ सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै