PRABHU BANK

कामना सेवा विकास बैंकले ल्यायो “खोलौ बैंक खाता अभियान” योजना, यस्ता छन् विशेषताहरु

 Kamana Sewa Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं – कामना सेवा विकास बैंकले निः शुल्क बीमा सहितको नयाँ बचत योजना सार्वजानिक गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल पार्ने उद्देश्यले सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउने अभिप्रायका साथ बैंकले खोलौ बैंक खाता अभियानको थालनी गरेको हो ।
वैशाख १ गते देखि लागु हुने गरी उक्त बचत खाता संचालनमा ल्याएको हो । सो खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले १ सय नगद खातामा जम्मा गरिदिने छ भने आफ्नै खर्चमा सात लाख सम्मको दुर्घटना बीमा समेत गरी दिने बैंकले जनाएको छ ।
हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै