सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपाको ऐतिहासिक लक्ष्मी पोखरी पुननिर्माणमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको सहयोग

 nepal bangladesh bank

  • बैंकिङ संसार

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले बनेपाको ऐतिहासिक लक्ष्मी पोखरीको निमार्णका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको ९ लाख ७२ हजार रकमको लागतमा पुननिर्माण गरेको हो ।
नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक पोखरीको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी ढुंगानाले बैंक सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको बताए ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्