PRABHU BANK

ललितपुरको कुपण्डोलमा सनराइज बैंकको ११७औं शाखा विस्तार !

  • बैंकिङ संसार 
काठमाडौँ – सनराइज बैंकले कुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहहरुको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै