PRABHU BANK

सपोर्ट लघुवित्तको आजदेखि संस्थापक सेयर बिक्रीमा

Support Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । कम्पनीले आज (भदौ ९ गते) देखि १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यस कम्पनीको प्रतिकित्ता न्यूनतम सेयर मुल्य ६५० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले यस न्यूनतम मुल्यलाई आधार मानेर दर रेट तोक्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै