PRABHU BANK

कुमारी बैंकको भदौ १७ गतेबाट ३० लाख कित्ता ऋणपत्र खुल्ला गर्ने, ब्याजदर कति ?

Kumari_Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले भदौ १७ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले १० वर्षे अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस्तै बैंकले प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो ।
यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । जस मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्रि हुने भएको छ । सर्वसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाटकुल ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ ।
ऋणपत्रमा छिटोमाभदौ २१ गतेसम्म र त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै