PRABHU BANK

रेमिट्यान्सको सदुपयोग गर्न प्रभु बैंक र सक्षमबीच सम्झौता !

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ । प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, एक्सेस टु फाइनान्ससँग “Wealth-Building Financial Services for Nepali Migrant Workers and their Remittance Receiving Family Members” परियोजना संचालन गर्नको लागि सम्झौता गरेको छ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त परियोजनाको मुख्य उद्देश्य दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पुर्याउनु रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु (जस्तै क्रेडिट, विमा) र गैर वित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षत वर्गलाई प्रदान गर्न सहयोग मिल्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै