DISH HOME

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उच्च हिमाली भेग डोल्पामा, देशभर शाखा २ सय ३८ पुग्यो !

 rastriya banijya bank
  • बैंकिङ संसार 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पो बुद्ध सञ्चालनमा ल्याएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले संयूक्त रुपमा बैंकको २ सय ३८ औं शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गर्नेगरि बित्तीय पहुँच पुर्याएकोमा खुशी ब्यक्त गरे। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक बिकासमन्त्री दल राबल, उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोरा लगायतको उपस्थिति थियो ।
यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका वडा नम्बर ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार सुरु भएको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै