काठमाडौँ । प्रभु बैंक लिमिटेडका शाखा कार्यालय बन्द रहने भएका छन्। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभु बैंकका कार्यालय प्रभावित भएसँगै शाखा कार्यालय बन्द रहने भएका हुन्।
बैंकले भदौ १५ गते एक सूचना जारी गर्दै आफ्नो दुई शाखा बन्द रहने जनाएको छ।
बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले ती शाखाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको भएको छ।
त्यसैगरी, बाढीका कारण तल्लो तटीय क्षेत्रमा विद्युत् आपूर्ति तथा दूरसञ्चार (नेटवर्क) सेवा प्रभावित भएकाले बैंकका महादेवफाँट र लाङटाङ शाखाबाट प्रदान गरिँदै आएको बैंकिङ सेवा पनि भदौ १५ गते सोमबारदेखि बन्द रहने बैंकले सूचनामार्फत जानकारी दिएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:




