नेपाल राष्ट्र बैंकद्वारा करार सेवामा ३४ कर्मचारी माग, भदौ २३ गतेसम्म आवेदन दिन सकिने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा करार सेवाका लागि ३४ जना कर्मचारी माग गरेको हो।

राष्ट्र बैंकले रक्षक १ जना, सिपाही ४ जना, सवारी चालक (हलुका) ७ जना, सवारी चालक (बस) ३ जना, डिस्पेन्सरी २ जना र कार्यालय सहयोगी १७ जना गरी कुल ३४ जानका लागि काम गर्ने अवसर खुलाएको हो।

रक्षक पदका लागि एसईई वा सो सरह, सिपाही पदका लागि कम्तीमा कक्षा ८, सवारी चालक पदका लागि कक्षा ८, डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण र कार्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

उम्मेदवार छनोट लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत गरिनेछ। आवेदनका लागि ८०० परीक्षा दस्तुर तोकिएको छ। इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np मा रहेको Career सम्बन्धी अनलाइन पोर्टलमार्फत आवेदन पेश गर्न सक्नेछन्।

आवेदन भदौ २३ गतेभित्र दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्