PRABHU BANK

मन्दाकिनी हाइड्रोपावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ कति ?

Mandakini Hydropower
  • बैंकिङ संसार
काठमाडौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९२.१७% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा विद्युत बिक्री आम्दानी १७.७१% ले वृद्धि भएपछि खुद नाफा पनि बढेको हो । साथै अन्य आम्दानी पनि ३७ हजार रुपैयाँबाट बढेर १७ लाख ९० हजार रुपैयाँ पुगेको छ । यसले साउनमा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो । आइपीओ जारी गरेपछि यसको पुँजी ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ९ करोड ६५ लाख रुपैयाँबाट बढेर ११ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, असार मसान्तसम्म कम्पनीको रिजर्भमा ३ करोड ७५ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष ८४ लाख रुपैयाँ मात्र रहेको थियो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा कायम भएको छ । अघिल्लो वर्ष ३ रुपैयाँ ६८ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ८८ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै