PRABHU BANK

एनआईसी एशियालाई कारवाहीको तयारी गर्दै राष्ट्र बैंक, बढी ब्याजको लोभमा पैसा राखेकाहरुको सावाँ नै गुम्ने खतरा !

काठमाडौं । रेमिट्यान्स बचतका नाममा गैर रेमिट्यान्स रकमलाई रेमिट्यान्स रकम भन्दै रकम जम्मा गरी बढी ब्याज दिएको पाइएपछी नियामक नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाहीको तयारी गरेको छ । बैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले दिएको सहुलियतको दुरुपयोग गर्दै एनआईसी एशिया बैंकले मनपरी रुपमा गैर रेमिट्यान्स रकमलाई रेमिट्यान्समा गणना गरी डिपोजिट जम्मा गरेको पाइएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाहीको तयारी गरेको हो ।
रेमिट्यान्स प्रमाणित भएको निक्षेपमा अन्यको भन्दा १ प्रतिशत बढी ब्याज दिन पाइने राष्ट्र बैंकले गरेको व्यवस्थाको दुरुपयोग गर्दै ग्राहकले रेमिट्यान्स हो भनेर फारममा सहि गरेकै आधारमा सो रकामलाई रेमिट्यान्स मानी १ प्रतिशत बढी ब्याज दिइरहेको गुनासो ह्वात्तै बढ्न थालेपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाहीको तयारी गरेको हो ।
बैंकिङ संसारलाई प्राप्त प्रमाणमा त यतिसम्मको मनपरी एनआईसी एशियाले गरेको देखिएको छ कि नेपाल बंगलादेश बैंक नबिल बैंकमा प्राप्तिमा जाँदा भीआरएसमार्फत त्यहाँका एक स्टाफले एनआईसी एशिया बैंकमा रकम जम्मा गरेको पाइएको छ । यस्तो रकम कुनै हालतमा रेमिट्यान्स होइन । तर बैंकले रेमिट्यान्स भनेर सो डिपोजिट लिएको छ ।
यस्तो गलत गर्नेलाई कारवाही गर्छौँ : राष्ट्र बैंकका डेपुटी गभर्नर
यस विषयमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भर्नर भने यस्तो गलत काम गर्नेलाई कारवाही गरिने बताउँछन् । ‘रेमिट्यान्स भनेको विदेशबाट आउने रकम हो । नेपालमै कमाई भएको रकमलाई रेमिट्यान्स भनेर गणना गर्न मिल्दैन र बैंकहरुले त्यस्तो गरेको पाइएमा कारवाही हुन्छ ।’ केहि दिनअघि आर्थिक पत्रकारहरुले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बम बहादुर मिश्रले भने- ‘केहि बैंकहरुले यस्तो गरेको प्रमाण स्लिपसहित उजुरी परेका छन् । त्यस्ता बैंकहरुलाई कारवाही हुन्छ। ‘ उनका अनुसार यसरी बैंकमा रेमिट्यान्स भन्दै अन्य रकम डिपोजिट रकहने व्यक्तिहरुलाई पनि कारवाही हुन्छ । ‘रेमिट्यान्स रकम हो भनेर बैंकमा गैर रेमिट्यान्स रकम राख्नेहरुलाई पनि कारवाही हुन्छ ।’ डेपुटी गभर्नर मिश्रले सो कार्यक्रममा भनेका छन् । यसरी राखिएको रकम कानुनी रुपमा गलत दाबीसहित राखिएकाले सावाँ पनि जफतसम्म हुन सक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । यसरी हेर्दा बढी ब्याजको लोभमा एनआईसी एशिया बैंकमा राखेको रकमको सावाँसमेत फिर्ता नहुने डर पनि देखिएको छ ।
यता यस विषयमा बैंक भने बोल्न नै चाहादैन । बैंकका सूचना अधिकारी सुधीरनाथ पाण्डे नै स्वयम् यस्तो काममा लागि परेकाले उनी यस विषयमा बोल्न नचाहिरहेको बैंक स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस्

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै