National

कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

krishi bikash bank
  • बैंकिङ संसार

काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि नेप्सेमा सूचीकरण भएको हो ।
सो सम्बन्धी कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच बिहीबार सम्झौता भएको छ । जसमा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै