National

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

 Jyoti bikas bank

  • बैंकिङ संसार

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।
सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए ।
त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट असार २४ गते राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime