सूर्योदय वोमी लघुवित्तको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री राखेको छ । लघुवित्तले ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो।

संस्थाका संस्थापक सेयरधनी किशोरी थापाले आफ्नो नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीका लागि स।स्थामा निवेदन पेश गरेअनुसार उक्त सेयर बिक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले उक्त सेयरमा संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा वा सेयर रजिष्ट्ररको कार्यालय कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्