prabhu

एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच समझदारी, स्वरोजगारमूलक व्यवसायको दिगो प्रवर्धन गर्ने लक्ष्य

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच समझदारी भएको छ । उक्त समझदारी स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्धन गर्ने उद्देश्यको लागि र सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि भएको हो । एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा एनएमबि बैंकका तर्फबाट  प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने जनाएको छ । 
यसका साथै एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य पनि लिएको छ । एनएमबि बैंकले नेपालभर १ सय ६९ शाखाहरु, १ सय ३३ एटिएम र ५ एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै