National

नेपाल बैंकले गर्‍यो नयाँ ब्याजदर सार्वजनिक

 Nepal Bank

  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १३ प्रकारको बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । उक्त खाताहरुमा बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले १० प्रकारको खातामा भने ४ प्रतिशत ब्याज दिने जनाएको छ । १ प्रकारको खातामा भने ३ प्रतिशत पाइनेछ ।
यस्तै बैंकले इम्प्लोई वेलफेयर अकाउण्टमा ५ प्रतिशत, अक्षयकोष खातामा ६.५० प्रतिशत, एनबिएल ट्रष्ट फण्डमा ७.२५ प्रतिशत र साधारण कल खातामा २ प्रतिशत व्याज दिने भएको छ । बैंकले ३ महिना र ३ महिनादेखि ५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत व्याज कायम गरेको छ । ३ महिना र ३ महिनादेखि ५ वर्षसम्मको संस्थागत मुद्दतीमा पनि ६.५० प्रतिशत दिनेछ ।
नवीकरण हुने संस्थागत मुद्दतीमा भने ६.६० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । असार मसान्तमा नेपाल बैंकको आधार ब्याज ६.९९ प्रतिशत रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै