प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले असार ६ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले सो सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको सो सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले बैंकको कम्पनी सचिव कार्यालयमा सम्पर्क गरी आफूले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्