PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

Shangrila development bank
  • बैंकिङ संसार
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कात्तिक २० गते आइतबारको दिन दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई(कमर्स सक्रिय गर्नुपर्दछ ।
यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । माथि उल्लेखित पूर्व भुक्तानी छुटहरु सीमित अवधिको लागि मात्र प्राप्त हुनेछ ।
तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै