प्रभु बैंक र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

prabhu bank

  • बैंकिङ संसार

काठमाडौँ । प्रभु बैंक लिमिटेड र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुले होटलद्धारा सञ्चालित ‘फुड’,’वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्