काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले ६८ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थाको संस्थापक समूहको ६८ हजार १२८ कित्ता सेयर बिक्रीमा राखिएको छ । हाललाई यो सेयरमा संस्थाका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन भक्तपुरको लोकन्थलीस्थित संस्थाको कर्पोरेट कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

