सप्तकोशी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा असार १४ गते

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकले साधारणसभा डाकेको छ। बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको हो ।

बैंक सञ्चालक समितिको आउँदो असार १४ गते मोरङको विराटनगरस्थित धरानरोडमा रहेको होटल रुविजमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले अन्य उपयुक्ता बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने ढोका खुला गर्नेछ। यसका लागि मर्जर तथा एक्युजिसन गर्न आवश्यक भएमा सञ्चालक समितिले नै सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अगाडि बढाउने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले मर्जर तथा एक्युजिसनमा चल-अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारणलगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१-८२ वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

बैंकले सभा प्रयोजनका लागि आउँदो असार २ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै