National

आइएमईले ल्यायो नयाँ सुविधा, अब घर-घरमा नै रेमिटेन्सको सुविधा पाईने

 IME
  • बैंकिङ संसार
काठमाडौं । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै आइएमईले आफ्नो डिजिटल वालेटबाट सिधै रेमिट्यान्स सुविधा प्राप्त गर्न सक्ने प्रावधान सुचारू गरेको छ । आइएमईले आफ्नो आइएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिट्यान्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको हो । अब विदेशबाट पठाएको रकम सिधै आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्न सकिनेछ । 
ग्राहकहरुले स्वदेश वा विदेशबाट पठाएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्नेछ । त्यस्तै, पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सकिनेछ ।
यदि पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम  क्लिक  गरि आफ्नै वालेटमा प्राप्त गर्न सकिनेछ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा क्लिक गरि आफू नजिकै रहेको आइएमई काउन्टरमार्फत आफ्नो रकम प्राप्त गर्न सकिनेछ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।
आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । उक्त रकम आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको व्याज र ५० सम्मको बोनस पनि प्रदान गर्दै आइरहेको छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ । आइएमई डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै