काठमाडौँ। बैंकहरुले प्रदान गर्ने कर्जाको स्थिर र परिवर्तनशील ब्याजदरमा कस्तो छ व्यवस्था भन्ने बारेमा जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूल सूचना जारी गर्दै यस्तो जनाएको हो।
सूचनामा भनिएको छ, ‘बैंकहरुले ग्राहकलाई प्रदान गर्ने कर्जाको ब्याजदर निर्धारण गर्दा तोकिएको मापदण्ड तय गर्नुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंकको नियमभित्र रहेर बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ। बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तनअनुसार थपघट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमिमय थप गरी ब्याजदर तोक्न सक्नेछ।’
‘यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ’, सूचनामा भनिएको छ, ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरेपश्चात प्रिमियम दर वृद्ध गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुन: स्वत: वृद्धि हुनेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ।’
परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्तावपत्र लिँदा बखतमै प्रस्ट हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ। यो हेर्नुहोस्:
