काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक समूहको २ लाख ४२ हजार ३५४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् भने इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ ।
यस अवधिमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


