बैंकहरुले अपाङ्ग, र जेष्ठ नागरिकहरुलाई सेवा दिन छुट्टै काउन्टर तोक्नुपर्ने

काठमाडौँ। अव बैंक तथा वित्तीय संस्थाहरुले अपाङ्ग, र जेष्ठ नागरिकहरुलाई छुट्टै काउन्टर तोक्नुपर्ने भएको छ । बैंकहरुले लेख्न नजान्ने, नसुन्ने, वा नदेख्नेहरुलाई मात्र होइन, जेष्ठ नागरिकहरुलाई पनि छुट्टै काउन्टर तोक्नुपर्ने भएको हो ।

साथै बैंकहरुले अव आफ्ना डिजिटल वालेट पनि अपाङ्गमैत्री बनाउनुपर्ने भएको छ ।

नेपाल रास्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै इजाजत पत्र प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने जनाएको छ।

संस्थाले एक आपसमा सहकार्य गरी एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन्स नियन्त्रण बटनहरू र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने जनाएको छ। यस प्रकारको एटिएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने समेत जनाएको छ।

संस्थाले आफूले जारी गर्ने डेबिट-क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री स्पर्श सुविधाहरू राख्नुपर्ने समेतको व्यवस्था निर्देशिकामा उल्लेख छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्