National

लुम्बिनी विकास बैंकले गर्यो सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीसँग सहकार्य, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

 Lumbini Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई पिसिआर परीक्षण गर्दा छुट उपलब्ध गराउने उद्देश्यले उक्त सहकार्य गरेको हो । अब बैंकका ग्राहकहरुले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटरीमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 
लुम्बिनी विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकले उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौंस्थित मुख्य कार्यालय र वीरगञ्जमास्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याबबाटसमेत प्राप्त गर्न सक्नेछन्  ।
अब बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटरीको पिसीआर परीक्षण र सामान्य प्याथोलोजी परीक्षणमा न्युनतम १० प्रतिशत र अधिकतम २५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax