काठमाडौँ। स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीका दिलीप तामाङ र भारतका मोहिदिल अलि रहेका छन् ।
विराटनगर महानगरपालिका ४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद २६ लाख ९८ हजार सहित उनीहरूलाई पहरीले पक्राउ गरेको हो ।
विराटनगर एयरपोर्टमा विराटनगरबाट काठमाडौं जाने यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ११ लाख र अलिको साथबाट १५ लाख ९८ हजार फेला पारेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

