काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कामु सिइओमा नारायण बहादुर कार्की नियुक्त भएका छन्। लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा नारायण बहादुर कार्की नियुक्त भएका हुन् ।
संस्थाका वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि वैशाख ३ गते आजदेखि समाप्त भएकाले सो पदमा कार्की नियुक्त भएका हुन्।
उनको कार्यकाल वैशाख ४ गतेदेखि लागू हुनेछ।

