प्रभु बैंक र मर्केन्टाइल अफिस सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट !

काठमाडौँ। नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट कार्यकारी निर्देशक सुरज क्षेत्री र प्रभु बैंक लिका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर जबरा राणाले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८ प्रतिशतसम्म तथा ग्राहकहरुले अधिकतम ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन र के्रडिटकार्ड प्रयोगकर्ताहरु लाई इन्स्टापे बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिमा प्राप्त गर्न सकिनेछ ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै