National

सानिमा बैंकले गर्यो थप २ नयाँ शाखा कार्यालयको स्थापना, गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले थप २ नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरेको हो । 
ताप्लेजुङ्ग जिल्ला फुङलिङ्ग नगरपालिका-५ स्थित शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका हुन् ।
यसैगरी बाँके जिल्ला कोहलपुर नगरपालिका-११ एन.टि.भि. रोडस्थित शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेका हुन् । 
उक्त शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ सेवामा सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै