गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गोर्खाज फाइनान्स लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक सेयरधनी यम बहादुर पुनको नाममा रहेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीको विद्यामान संस्थापक सेयरधनीलाई दिएको जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

आवेदकले कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्ली बजार काठमाडौंमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्