विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको जिम्मेवारी सम्हालिसकेका वाग्ले बने अर्थमन्त्री

काठमाडौँ। विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको जिम्मेवारी सम्हालिसकेका वाग्ले अर्थतन्त्रमन्त्री भएका छन्। तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएका हुन्।

रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिएका थिए । आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् ।

उनी विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी भएका थिए । डा. वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रोपटक विजयी भएका हुन्।

 

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै