‘पुँजीगत खर्च बढ्न सके अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हरेक आर्थिक विषयलाई विभिन्न आधारमा छुट्टाएर  विश्लेषण गरिनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको बैंकर्स ट्रेनिङ केन्द्र र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको आयोजनामा आयोजित ओरिएन्टेसन प्रोग्राम अन करेन्ट इकोनोमीक एन्ड बैंकिङ अफेयर्स फर इकोनोमिक जर्नलिस्ट कार्यक्रम उनले यस्तो बताएका हुन्।

हरेक विषयले विभिन्न क्षेत्रमा पार्ने प्रभावको छुट्टाछुट्टै विश्लेषण गर्न सक्ने क्षमता आर्थिक पत्रकारमा हुनुपर्ने उनले बताए । यस्ता कार्यक्रमले यस्ता बिषयबस्तुमा आर्थिक पत्रकारमा विश्लेषण गर्ने क्षमता बढाउन सहयोग पुग्ने उनको भनाई थियो। उनले संस्थागत संरचना कमजोर भएकै कारणले नेपाल आर्थिक विकासमा पछाडी परेको बताए। भविष्यको आँकलन गर्ने क्षमता कमजोर भएको र बनेका योजनाको कार्यान्वयन पाटो पनि कमजोर भएकोले समस्या देखिएको उनको भनाइ छ । अब पनि नविन प्रविधि प्रयोग गर्न नसके देश अझै पनि पछाडी नै परिरहने उनले बताए ।

उनले जनताको मनोबल कमजोर भएको अवस्थामा सरकार नै अघि सरेर प्रतिफल आउने योजनामा खर्च गर्न अघि बढ्नु पर्ने बताए। त्यसको साथै निजी क्षेत्रलाई पनि प्रतिफल आउने योजनामा लगानी गर्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरुमा तरलता थुप्रीएको छ । अब सरकारले अग्रसर भएर खर्च गर्नुपर्ने उनले बताए ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्र बैंकका मानव संशाधन विभागका  निर्देशक बुद्धराज शर्माले सबै आर्थिक पत्रकारले अर्थशास्त्रको अध्यन गरेको नहुनेले उनीहरुको बैंकिङ विश्लेषण समबन्धि क्षमता विकास गर्नको लागि कार्यक्रम आयोजना गरेको जानकारी दिए । आर्थिक पत्रकारहरुको विश्लेषण क्षमता विकास गरेमा आम जनमानसमा बैंक र अर्थतन्त्र समबन्धि सहित समाचार बुझ्ने गरि प्रष्टसँग प्रवाह हुने विश्वास व्यक्त गरे।

राष्ट्र बैंकले पाठ्यक्रम नै विकास गरेर पत्रकारहरुको क्षमता विकास गर्ने कार्यको थाले गरिएको बताए ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै